आज:  | Thu, 13, May, 2021
FLASH NEWS

विवाह उत्सवमा दुई संस्थालाई सहयोग


समृद्ध अनलाईन १५ माघ २०७७, बिहीबार २१:१६ मा प्रकाशित ( महिना अघि) १५४९८ पाठक संख्या

विर्तामोड, माघ १५ गते । तामझामका साथ बैबाहिक वर्षगाँठ, जन्मदिन मनाउने तरिकामा परिवर्तन हुँदै आएको छ । पछिल्लो समय अधिकाँशले वैवाहिक वर्षागाँठ तथा जन्मदिन सामाजिक कार्यमा सहयोग गरेर मनाउन थालेका हुन् ।
फजुलमा गरिने खर्चलाई कटाएर सामाजिक सेवा क्षेत्रमा लगाउने क्रममा देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो ३४ औं विवाह उत्सव संघ–संस्थालाई सहयोग तथा सम्मान गरेर मनाएका छन् । श्रेष्ठ दम्पत्तीले ३४ औं विवाह उत्सवका दिन विहीबार साहित्य चौतारी झापाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच झापाका महिला सञ्चारकर्मीले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र पूर्वाञ्चल कलाकर्मी समाजलाई नगद सहयोग प्रदान गर्नुका साथै गायिका मेनुका पौडेललाई सम्मान गरेर बैवाहिक वर्षागाँठ मनाएका छन् ।
साहित्य चौतारीका संस्थापक संरक्षक समेत रहेका श्रेष्ठले पूर्वाञ्चल कलाकर्मी समाजले स्थापना गरेको अक्षयकोषका लागि ५१ हजार र नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान गरेका थिए । श्रेष्ठ दम्पत्तीले पूर्वाञ्चल कलाकर्मी समाजलाई प्रदान गरेको रकम बरिष्ठ गीतकार शिवशंकर थापा, दिपक रायमाझी र नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि प्रदान गरेको रकम कोषका संयोजक रेजिना गौतम, कोषाध्यक्ष ज्योस्ना श्रेष्ठ र सदस्य मायामितु न्यौपानेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा सुनिता तामाङले सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि थापा, अतिथि प्राज्ञसभा सदस्य सुभद्रा अर्याल, निर्वतमान अध्यक्ष टंक विकल्प अर्जुनधारा जलेश्वरधामका मुल गुरु अग्नी सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा ३४ औं वर्षगाँठका बेहुला देवीभक्त श्रेष्ठले गीत तथा भजन प्रस्तुत गरेका थिए । श्रेष्ठ दम्पत्तीले ३४ वर्ष अघि अन्तरजातीय भागी विवाह गरेका थिए ।