आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

सहमती नभए हलुवागढ समुदायिक वनमा लागेको अनिश्चितकालिन तालाबन्दी नखोलीने


समृद्ध अनलाईन १८ माघ २०७७, आईतवार १६:३४ मा प्रकाशित ( हफ्ता अघि) ७०३० पाठक संख्या

अर्जुनधारा, माघ १८ गते । झापाको अर्जुनधारा नगपालिका वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा उपभोक्ताले अनिस्चितकालिन तालाबन्दी गरेका छन् । सामुदायिक वनमा अर्थिक वर्ष ०७६र०७७ को आलेप गर्दा आर्थिक अनियमिता तथा पारदर्शिता नभएको देखिएका कारण विभिन्न १३ बुँदामा सहमति नभए सम्म सामुदायिकवनमा लगाईएको चावी नखोल्ने गरि उपभोक्ताहरुले तालाबन्दी गरेका हुन् ।

उपभोक्तहरुले विगत देखिनै सामुदायिक वनमा आर्थिक अनियमिता तथा पारदर्शितामा माथि प्रश्न उठ्दै आई रहेको अवस्थामा आर्थिक वर्ष ०७६र०७७ को लेखा परिक्षण गर्दा प्रतिवेदनमा आन्तरिक लेखा समितीले नै असन्तुष्टि ब्यक्त गरेको कारण उक्त कुरालाई ध्यान आकर्षण गराउँदा पनि अध्यक्षले वेवास्ता गरेका कारण आफुहरुले कार्यालयमा तालाबन्दी गरेको उपभोक्ता नेत्र आचार्यलले बताए । यदि सहमती नभए देखि र उपभोक्ताका माग संवोधन नभए आफुहरुल लगाएको ताला नखोलीने उनले बताए ।
आन्तरिक लेखा परिक्षणमा केही कमजोरी भएका कारण त्यसलाई सुधार गरेर मात्र मलेप गर्नु पर्छ भन्ने आम उपभोक्तालाई बेवास्ता गरि मलेप पनि गरिसकेको र आर्थिक अनियमितताको मद्धा अख्तियारमा पुगी सकेका कारण छानविन नभएसम्म आफुहरुले लगाएको ताला नखोलीने उपभोक्ताहरुको भनाई छ । सामुदायिक वनमा अध्यक्षको मनोमानीमा खर्च भएको र अधिकाँश खर्चको विल भरपाई समेत नभएको उनिहरुले बताए ।

निराधार आरोप

आम उपभोक्ताहरुको मनमा रहेर काम गरि रहेको काराण आफुलाई निराधार आरोप लगाईएको र अझै पनि आउनुहोस छलफल गरौ र सहमतीको बाटो खोजौं भनेर आफुले भनि रहेको हलुवागढ सामुदायिकवन उपभोक्ता समितीका अध्यक्ष चक्र बहादुर तामाङले बताए । कतिपय विषयमा राजनितीक विषयवस्तु ल्याएर सामुदायिक वनमा झगडा उत्पन्न गराईएको उनको भनाई छ । निराधार आरोपमा आफु नडराउने र कुनै गल्ति भएटिएको खण्डमा आम उपभोक्ताले र कानुनले गर्ने सजाय भोग्न आफु तयार रहेको उनको भनाई छ ।

संघर्ष समितीले आफुहरुले १३ बुँदामा सहमती नभए सम्मका लागि अनिश्चितकालीन तालाबन्दि नखोलीने भन्दै अर्जुनधारा नगरपालिका वडा नं. १ लाई पनि ध्यान आकर्षण गराएका छन् । सामुदायिक बनमा आर्थिक अनियमिता तथा पारदर्शितामा नभएको उपभोक्ता संघर्ष समितीले भनि रहँदा कार्यलयमा तालाबन्दी गरेर हरेक कामकाजमा समेत अवरोध पुर्याउनु राम्रोकाम नभएको सरोकारवालाहरु बताउँछन् ।