Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

पत्रकार राईले अस्विकार गरे प्रदेश सह संयोजकको पद


समृद्ध अनलाईन १९ माघ २०७७, सोमबार १५:३० मा प्रकाशित ( महिना अघि) ६५३४८ पाठक संख्या

उदयपुर, माघ १९ गते । प्रेस संगठन नेपाल ओली समुहले गरेको मनोमानी निर्णयलाई उदयपुरका अग्रज पत्रकार हरि कुमार राईले अस्वीकार गरेका छन् ।  प्रेस संगठन नेपाल प्रदेश नं. १ को सह-संयोजक पदमा आफु नरहेको भन्दै  राईले एक विज्ञप्ती जारी गर्दै अस्विकार गरेका  हुन् ।

उनले विज्ञप्ती मार्फत आफुलाई नसोधी, एकपक्षीय रुपमा सह-संयोजक राखिएको हुनाले मेरो स्वतन्त्रतामाथि हनन् भएको महशुह गरेको र आफु उक्त संगठनको प्रदेश १ को सह-संयोजक नरहेको तथा स्वीकार नगरेको सवैमा जानकारी गराउदछु भन्दै  उनले प्रदेश नं १ को प्रदेश सहसंयोजक पद अस्विकार गरेको बताएका छन् ।

No description available.
माघ ८ गते काठमाण्डौमा सम्पन्न ओली निकट प्रेस संगठनको दोस्रो भेलाले विधान संशोधन गर्दै ३ सय ५१ केन्द्रीय सदस्य रहने व्यवस्था गरेको थियो र सोही भेलाले केन्द्रीय कमिटी, आयोग, प्रदेश तथा जिल्ला कमिटीको विस्तार र जिम्मेबारी हेरफेर गर्ने अधिकार केन्द्रीय संयोजकलाई प्रत्यायोजन गरेअनुरुप प्रदेश नं. १ मा सहसंयोजक पदमा हरि कुमार राईलाई चयन गरेको विशेष सर्कुलर मार्फत जनाएको थियो । राई नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सचिव तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत रहेका छन् ।

No description available.