Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

प्रदेशमा पनि अराजकता र असन्तुष्टि पैदा हुँदै- मुख्य मन्त्री राई


समृद्ध अनलाईन २६ माघ २०७७, सोमबार १८:२१ मा प्रकाशित ( महिना अघि) ३६४६२ पाठक संख्या

ओखलढुंगा माघ २६ गते । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशमा पनि राजनैतिक अराजकता र असन्तुष्टि प्रदा हुँदै वगरेको बताएका छन् । नेपाल पत्रकार महासंघ आोेखलढुंगाको वार्षिक साधरण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले यतो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ ओखलढुंगाको नवनिर्मीत भवन उद्घमटनमा बोल्दै उनले एक नं. प्रदेशमा गर्न खोजीएको राजनैतिक अस्थिरतालाई आफुहरुले चिर्ने र जनताको अभिमतलाई कदर गर्दै आफुहरु अगाडी बढ्ने बताउनु भयो । उहाँले प्रधानमत्रन्त्री केपी ओलीले जनताले दिएको म्यन्डेट कोठा भित्र बुझाउने काम नगरि जनताले दिएको जनादेशलाई जनता कै सामु लिएर जाने सर्वोतम लोकतान्त्रीक विकल्पका रुपमा लिएर अगाडी बढ्नु भएको हुँदा बैशाख १७ र २७ मा निर्वाचनको मिती तय भएको हुन्ँदा निर्वाचनका लागि तयारी रहन सबैमा आग्रह गरेका थिए । अदालतमा बहस चलिरहेको अवस्थामा अदालतको फैसला चुनाव पछि पनि हुन सक्ने भएकाले देश चुनावमय भई सकेको उनको भनाई थियो ।
मुख्य मन्त्री राईले सहि समयमा सहि नेतृत्व चयन गर्न ओखलढुंगेली जनतालाई आव्हन गर्दै प्रदेशमा आफ्नो नेतृत्वको सरकारले सयौं झोलुंगेपुल तथा सडक निर्माण भएको बताए । देशमा तीनवटा सरकार भएका कारण जनप्रतिनिधिले जनतालाई ढाट्न नपाउने र जनताको सेवा तथा विकासका लागि आफुहरु दत्तचित्त भएर लाग्ने बताउदै पत्रकार महासंघ ओखलढुंगाको भवन निर्माण सम्पन्न गर्नका लागि पत्रकार महासंघको साथमा प्रदेश सरकार रहेको बताए ।
त्यस्तै गरि प्रदेश नं. १ का भौतिक योजना राज्य मन्त्री अम्बिरबाबु गुरुङले ओखलढुंगामा रहेका केही पत्रकाहरुले राम्रो कामकाके आलोचना र नराम्रो कामको प्रोत्साहन गरि रहेको अवस्थामा पत्रकारहरुलाई राम्रोलाई राम्रो भन्न आग्रह गरे । उनले देश राजनैतिक उथल पुतल भई रहेको अवस्थामा आगामी निर्वाचनमा सहि नेतृत्व चयन गर्नका लागि जनतालाई आव्हन गर्दै नेपाल पत्रकार महासंघ ओखलढुंगाको अधुरो भवनलाई पुर्ण वनाउनका लागि आफुले भरपुर सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंद्ध पदेश १ का अध्यक्ष बिक्रम लुईटेल तथा महासचिव विवेक गौतमले प्रदेश सरकारले प्रदेश १ का सवै जिल्ला शाखाका भवनहरुलाई पुर्ण बबनाउन तथा भवन नभएकासहयोग गर्नका लागि अनुरोध गगरेमाक थिए । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने दुई दर्जनभन्दा बढी ब्यक्ति तथा संघसंस्थालाई सम्मान तथा पमाण पत्र समेत प्रदान गरिएको थियो ।