आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

प्रतिगमन विरुद्ध झापाली पत्रकारहरु सडकमा


समृद्ध अनलाईन २७ माघ २०७७, मंगलवार १५:५२ मा प्रकाशित ( हफ्ता अघि) ८८८९ पाठक संख्या

विर्तामोड, माघ २७ गते । मुलुकमै पहिलो पटक झापाली संचारकर्मी प्रतिगमनका विरुद्ध सडकमा ओर्लिएका छन् । प्रेस संगठन, नेपाल र प्रेस युनियन नेपाल झापाको ब्यानरमा झापाका पत्रकारहरु प्रतिगमनका विरुद्ध उत्रिएका हुन् ।

पत्रकारहरुले झापाको मुख्य बजार विर्तामोडमा भेला भएका झापाली पत्रकारहरुले लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारासहित विर्तामोड परिक्रमा गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका लागि पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले तानाशाही नबन्न र सपना नदेख्न प्रधानमन्त्री ओलीलाई सचेत गराएका थिए । नेपाली सञ्चारकर्मीले हरेक राजनैतिक परिवर्तनमा दर्विलो र ऐतिहासिक योगदान पुर्याएको स्मरण गर्दै उनले पत्रकारले झापाबाट थालेएको आन्दोलन देशव्यापी हुनेमा आफुहरु विस्वस्थ रहेको बताएका छन् ।


विर्तामोडस्थित दुर्गामन्दिर परिषरबाट शुरु भएको ¥याली विर्तामोडको परिक्रमा पछि सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाँईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदारीले नचाएको बाँदरको संज्ञा दिएका छन् । लोकतन्त्रका शासक पनि निरंकुसतन्त्रका शासक जस्तै हुने र त्यही बाटोमा ओली हिंडेको बताउँदै लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले साथ नदिने उनको भनाई थियो ।


प्रेस संगठन, नेपाल प्रदेश–१ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिजका प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस संगठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, इन्द्रसिंह राजवंशी लगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाएका थिए ।
उनिहरुले केही झापाली पत्रकार मित्रहरुलाई प्रधानमन्त्रीले गरेको कदममा अलमल र भ्रम रहेको बताउँदै झापाली सञ्चारकर्मीले द्वुविधामा नपरी आन्दोलनमा ओर्लन आग्रह गरेका थिए ।