-रमेश तिखत्री
आफ्नै पार्टी नेकपाको गति विधि बाट ,
मेरो मन नराम्ररी दुखेको छ आज ।
आधा भन्दा बडी जीवन कम्निष्टमै रहियो ,
घरी जुट्यो घरी फुट्यो वाक्क व्यक्कै भइयो ।।
कुननेता लाई बेठिक भन्नू कुननेता लाई ठिक्क ,
झण्डा भन्छन् बण्डा भन्छन् निउ खोजेरै दिक्क ।।
लुडो खेल्दा अन्ठानब्बे पुग्छ बल्ल बल्ल ,
उनान्सय पुग्न साथ फेरि झर्छ तल ।।
उस्तै लाग्छ आज भोलि नेकपाको गति ,
कैले पुग्छ सरकार सम्म कैले उँधो मति ।।
जुवा सोइला जोतारा र हल्लुँड चँडाएर ,
मेलो छोडी जुध्न थाल्छन् धुलो उडाएर ।।
लडदा लडदै सिङ जुरो कति भाँचिने हुन् ,
यो जुदाईमा बाच्छा बाच्छी कति मिचिने हुन् ।।
एस्ता साँढे परे भने बिग्रि रन्छ गोठ ,
एति बेला नेकपामा शनि पसेकोछ ।।
होड बाजि चलेको छ केपी प्रचन्डको ,
आफ्ना आफ्ना छिद्र खोली गाली अचम्मको ।।
तिम्रा मान्छे धेरै छन्कि मेरा मान्छे धेर ,
ओसार्दैछन् जवर्जस्ती काठमाण्डौमा हेर ।।
भोकै तिर्खै जनताको बिल्ली बाठै भयो ,
कँइ नभाको हाँडी जात्रा नेकपामा छ यो ।।