आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

राधा खनाललाई धनमाया पत्रकारिता पुरष्कार


समृद्ध अनलाईन २८ माघ २०७७, बुधबार १४:१५ मा प्रकाशित ( हफ्ता अघि) ९४९५ पाठक संख्या

अर्जुनधारा माघ २८ गते । झापामा सकृय पत्रकारीता गरि रहेकी राधा खनाल धनमाया पत्रकारिता पुरष्कारबाट पुरस्कृत हुने भएकी छन् । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरष्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको हो ।
पुरस्कार प्रदानका लागि छनौट समितिले गरेको सिफारिसलाई कोषको वैठकले सर्वसम्मत अनुमोदन गरेको राजेन्द्र प्रसाईले बताए । यसअघि लोकराज ढकाल संयोजकत्वमा रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनौट समितिले पुरस्कारका लागि प्रतिभा छनौट गरेको बताईएको छ ।
खनाल झापामा रहेर काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार हुन् । पुरस्कार राशी२१र२१ हजार नगद सहित सम्मान पत्र रहेको छ ।
संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
पुरस्कार आगामी फागुन ८ गते एक कार्यक्रमको आयोजना गरी वितरण गरिने बताअईएको छ।