आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को उपाधी कार्कीलाई


समृद्ध अनलाईन १ फाल्गुन २०७७, शनिबार १०:४९ मा प्रकाशित ( हफ्ता अघि) ६३६४ पाठक संख्या

विर्तामोड, फागुन १ गते  ।  सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २को उपाधी झापा विर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११मा अध्यनरत छात्रा रोश्नी कार्कीले जितकी छिन् ।

शुक्रवार भएको ग्रान्ड फिनालेमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधी जितेकी हुन । यस्तै कञ्चनजंघा स्कुल विर्तामोडमा कक्षा १२मा अध्यनरत छात्रा प्रिसा खरेलले फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११मा अध्यनरत छात्रा कृति खतिवडाले सेकेण्ड रनर अपको उपाधी जितेका छन् ।
यस्तै सान्तवना तर्फको उपाधी रेड स्टार वोर्डीङ्ग स्कुल पथरी शनिस्चरे मोरङ्गमा कक्षा १०मा अध्यनरत सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कुल भद्रपुर, झापामा कक्षा ९मा अध्यनरत रिना घिमिरेले जितेका छन् ।
विजेताहरुले क्रमश ३० हजार,१५ हजार,१० हजार र ५,५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरुस्कार प्रदान गरे ।
स्पीच कन्टेस्टमा प्रदेश नम्बर १का झापा,मोरङ,सुनसरी र इलामबाट ५० वटा विद्यालयका गरि १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका एसोसिएट प्रोफेसर शिरोमणि खतिवडा‘शिरो सान्दाई’,बीबीसी न्युज नेपालीका झापा संवाददाता उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए । कार्यक्रमको सञ्चालन शुभला तामाङले गरेकी हुन् ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सहारा नेपाल साकोस तथा सह–प्रायोजकको रुपमा डोएन टिभी,मेची स्पेशलिङ्क केवल र इलामको हर्कटेमा रहेको डिभाईन डोअर्स रहेको थियो । सिजन २ सकिएसंगै सूर्योदय स्पिच कन्टेस्ट सिजन ३को तयारी थालिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । उनले आगामी जेठको पहिलो साता देखि अर्को सिजन सुरु हुने बताए ।
यस अघि सुर्योदय स्पिच कन्टेस्ट सिजन १को उपाधी झापा मेरीगोल्ड स्कुल कनकाईका वेदान्त तिम्सिनाले जितेका थिए । सूर्योदय स्पिच कन्टेस्ट विद्यार्थीहरुको लागि महत्वपुर्ण कार्यक्रम बन्दै आएको छ । सूर्योदय टेलिभिजनले अर्को कार्यक्रम सूर्योदय क्वीज सिजन ५ को समेत तयारी अघि बढाएको छ ।