Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

संगठन सुदृढिकरणमा प्रेस संगठन, झापा


समृद्ध अनलाईन १ फाल्गुन २०७७, शनिबार १५:१४ मा प्रकाशित ( महिना अघि) ३२७२५ पाठक संख्या

अर्जुनधारा, फागुन १ गते । प्रेस संगठन झापाले ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ । संगठनको बिस्तारीत बैठकले संगठनका केन्द्रिय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन कमिटी’ गठन गरेको हो ।
काँकडभिट्टामा बसेको बैठकले गठन गरेको समितिले झापामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेद्वार चयन र सिफारीस गर्ने बताइएको छ । नवगठित समितीका सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारी रहेका छन् ।
बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रम गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको छ । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले आग्रह गरेको समितीका सदस्य तिर्थ सिग्देलले बताए ।