आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

कृषि र उत्पादित वस्तुको वृद्धि गराउने नगरको लक्ष्य


समृद्ध अनलाईन २ फाल्गुन २०७७, आईतवार १७:०३ मा प्रकाशित ( हफ्ता अघि) १२५२५ पाठक संख्या

अर्जुनधारा, फागुन २ गते । पछिल्लो समय अर्जुनधारा नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्दै आएको छ । विभिन्न समयमा विभिन्न तालिम प्रदाान तथा प्राविधिक ज्ञान दिदै नगरपालिकाले नगरक्षेत्रका किसानहरुलाईलाई प्रोत्सान गर्दे आएको हो ।

नगरपालिकाको पशुपंक्षी मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा शुत्रबारदेखि संचालित व्यवसायिक कुखुरा पालन सम्बन्धि दुई दिने व्यवसायिक तालिम आईतबार सम्पन्न भएको छ । केही दिन अघि मात्रै माछापालन संवन्धि व्यवसायिक तालिम सम्पन्न गरेको शाखाले आईतबार व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न गरेको हो । नगरपालिकाले कृषि तथा पशुपालन र मासुमा आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न समयमा तालिमहरु संचालन गर्दै आएको छ । तालिममा कुखुरा पालक किसानलाई चल्ला हुर्काउने, खोरको व्यवस्थापन गर्ने, दाना र पानीको व्यवस्थापन गर्ने, रोगको उपचार र भ्याक्सिन दिने, व्यावसायिक योजना बनाउने लगायतका विषयमा प्रशिक्षण गराइएको पशुपंक्षी मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदम राइले बताए । मासुजन्य कृषि उत्पादनकोे वृद्धि गराउने उद्देश्यका साथ नगरपालिकाले किसानहरुलाई विभिन्न तालिम सञ्चालन गरिएकोे राईको भनाई छ ।

नगरपलिकाले कृषि तथा पशुपंक्षीलाई प्राथमिकतामा राखेर किसानहरुलाई विभिन्न समयमा प्राविधिक ज्ञान सहितको कार्यक्रम गरिएको आर्थिक विकास समिति संयोजक दिलमाया दासले बताईन् । अर्जुनधारा मासुमा आफु अत्मनिर्भर मात्र नभएर अन्य क्षेत्रमा पनि निर्यात गराउने क्षमता किसानहरुमा वृद्धि गराउने लक्ष्यका साथ लागि परेको उनको भनाइ छ ।

शुक्रबार सुरु गरिएको दुई दिवसीय तालिमका प्रशिक्षार्थीहरु चन्द्र बहादुर कार्की , इन्दिरा वत्याल लगायतले प्राविधिक ज्ञान बिनाको व्यवसाय धरायसी हुने र आफुलाई दैनिक व्यवाहारमा लागु हुने कुराहरु प्रविधिक रुपमा ज्ञानहाँसिल गर्न सफल भएकोले तालिम अर्थपूर्ण रहेको बताए । ३० भन्दा बढी किसानको सहभागिता रहेको तालिमको सहजकरण प्रमुख राई र डा. रविन राईले गरेका थिए । शनिश्चरेको सामुदायिक हलमा संचालित कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए भने कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी राइले आफ्ना भनाइ राखेका थिए ।