Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

ल्होसारमा पहिलो पटक शेर्पा भाषामा औपचारिक उद्घोषण 


समृद्ध अनलाईन ४ फाल्गुन २०७७, मंगलवार ११:३६ मा प्रकाशित ( महिना अघि) ७९१८५ पाठक संख्या

दावा जाङ्बु शेर्पा खिजीदेम्बा/ओखलुंगा, फागुन ४ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा शेर्पा समुदायको महान राष्ट्रिय चार्ड ग्याल्पो लोसारमा पहिलो पटक शेर्पा भाषामा औपचारिक उद्घोषण गरिएको छ । शेर्पा समुदायको बाहुल्यता रहेको ओखलढुंगाको विगुटारमा पहिलोपटक शेर्पा भाषामा औपचारिक उद्घोषण गरिएको हो ।

२१४८ औं च्या मो लाङलो ग्याल्पो लोसारको अवसरमा एक आपसमा शुभकामना साटासाट गर्नुका साथै दोल्पु डछोलिङ गुम्बामा धार्मीक परम्परा अनुसार ङिस्यु गु पुजा, गुथुक खाने कार्य समेत सम्पन्न गरिएको विगुटार शेर्पा समाज ओखलढुंगाका सचिव ङिमा शेर्पाले जानकारी दिए । नगपालिकामा पहिलोपटक शेर्पा भाषामा कार्यक्रम संचालनका साथै विभिद कार्यक्रमका साथ ल्होसार सम्पन्न गरिएको उनको भनाई छ । शेर्पा समुदाको पुरानो बर्षलाई विदाइ गरी नयाँ बर्षको स्वागत गर्दै मनाइने ग्याल्पो लोसार धार्मीक तथा संस्कृतिक पर्व हो ।
सिद्धिचरण नगरपालिका–७ विगुटार स्थित विगुटार शेर्पा समाजले स्थानीय शेर्पा समुदायको सहभागितामा पहिलो पटक शेर्पा भाषामा औपचारिक रुपमा उद्घोषण संचालन गरि लोसार कार्यक्रम सम्पन्न गरिएको थियोे । उक्त कार्यक्रम शेर्पा सञ्चार समुह जिल्ला शाखा ओखलढुंगाका सदस्य ङिमा शेर्पाले सञ्चालन गरेका थिए । कार्यक्रममा शेर्पा समुदायको भाषाको संरक्षण सम्बर्दनका लागि शेर्पा भाषालाई प्रथमिक्ता दिइएको बताइएको छ ।
शेर्पा समुदायको यस बर्षको भोट चन्द्र पात्रो अनुसार माघ २८ गते बाट सुरु भएर फाल्गुण महिनाको पूर्णीमाको दिन सम्म लोसार मनाउने चलन छ ।