आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सदस्यमा भण्डारी


समृद्ध अनलाईन ७ फाल्गुन २०७७, शुक्रबार २३:३६ मा प्रकाशित ( हफ्ता अघि) ४६४७ पाठक संख्या

बिर्तामोड, फागुन ७ गते । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् ।
महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो ।
झापा अर्जुनधारा –५ चारपाने ऊँचोकका स्थायी वासिन्दा भण्डारी  बिर्तामोडमा रहेको महेन्द्र –रत्न स्टोर्सका (सामसुङ प्लाजा)का सञ्चालक हुन् ।
भण्डारी बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव , रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट,  कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पूर्व अन्तर्राष्ट्रिय रेफ्री , नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , बीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल – भारत मैत्री संघका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, कनकाई आर्यघाटको आजीवन सदस्य, क्षितिज युवा समाजको संस्थापक सदस्यसहित थुप्रै सामाजिक संघ संस्थामा आवद्ध रहेका छन् ।