Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

नेकपा विवाद पार्टी देखि पत्रकार सम्म विभाजित


समृद्ध अनलाईन ८ फाल्गुन २०७७, शनिबार ०७:०६ मा प्रकाशित ( महिना अघि) ५९२८८ पाठक संख्या

प्रदेश एक प्रेस संगठनमा ओली पक्ष कमजोर

समृद्ध अनलाईन, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टीको आधिकारीक विभाजन भई सकेको नभए पनि नेकपा ओली पक्षले हरेक जिल्ला तथा स्थानीय तहमा पार्टी तथा जनवर्गिय संगठनहरुको समानन्तर कमिटी गठन समेत गरि सकेका छन् । पार्टी दुईवटा नभए पनि हरेक जिल्लामा दुवैगुटले आ–आफ्नो संगठन बलियो समेत बताउँदै आई रहेका छन् ।
पार्टीको अन्तरकलहमा प्रदेश एकमा नेकपा निकट पत्रकारहरु समेत विभाजित भई सकेको छ । ओली पक्षिय पत्रकारहरुको संगठनको केही दिन अघि झापाका पत्रकार गणेश पोख्रेलको संयोजकत्वमा फर्मेसन तयारी गर्न लागेको भए पनि केन्द्रले स–सयोजक बनाएको उदयपुरका अग्रज पत्रकार हरि राईले आफुलाई स्वीकार्य नभएको वताई सकेका छन् ।
संगठनले शुक्रबार विराटनगरमा प्रदेश भेला समेत आयोजना गरि सकेको छ । प्रदेश स्तरीय भेलामा १४ जिल्लाबाट १ सय ५० भन्दा बढी पत्रकारहरुको सहभागिता हेको भनिएपनि ९० जना पत्रकारहरुको सहभागिता रहेको सहभागि एक पत्रकाले बताए । पत्रकारको सहभागिता न्युन रहेपछि बलियो भनिएको संगठन कमजोर सावित भएको छ ।

प्रदेश एकका केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने ४० जना केन्द्रिय सदस्यमध्ये ओलि पक्षमा लिलाराज भट्टराई, बिक्रम लुइँटेल, अम्बिका भण्डारी, गोपाल गड्तौला, सटेन्द्र जबेगु, गणेश पोखरेल, हरिबोल आचार्य, सन्दिप राई, भरत खड्का, नैन बिस्वकर्मा, धु्रब सुवेदी रामचन्द्र अधिकारी, नुतन श्रेष्ठ र रोहितचन्द्र भट्टराई सहित १४ जना रहेका छन्
प्रदेश एकबाट नै प्रचण्ड नेपाल पक्षमा राजेश राई, सईन्द्र राई, विवेक गौतम, राजन केडी, विमल लामिछाने, दिपेन्द्र राई, नवराज कट्टेल, प्रयास लिम्बु, गणेश लम्साल, केशव घिमिरे, हरिकुमार राई, भक्तशेर लिम्बू, दयाराम दाहाल, यमन दनुवार रेहका छन् । यस्तै भीम राई, अर्जुन जम्नेली राई, जयकृष्ण यादव, मिलन लिम्बू, गङ्गा बराल, तिर्थ सिग्देल, एक्सन राई, देबेन्द्र कार्कि, शिव ढुङ्गाना, प्रेम गुरागाई, राजु सिवा र खगेन्द्र अधिकारी सहित २६ जना पत्रकारहरु प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । फुट अघिको प्रेस संगठनमा प्रदेश नम्बर एकबाट ४० जना केन्द्रिय सदस्य भएपनि अहिले ओलि पक्षमा १४ जना मात्रै रहेका छन् ।
२६ सदस्य रहेको नेपाल पत्रकार महासघ प्रदेश समितिमा समेत ओली पक्ष कमजोर देखिएको छ ।

महासघको प्रदेश समितिमा अध्यक्ष विक्रम लुईटेल, कोषाध्यक्ष अम्विका भण्डारी र २ सदस्य मात्रै ओली पक्षका पत्रकार रहेका छन् भने महिला उपाध्यक्ष, माहासचिव, दुई सचिव र ७ जना सदस्य प्रचण्ड–नेपाल पक्षका रहेका छन् । महासंघको प्रदेश समितिमा उपाध्यक्ष सहित ६ सदस्य प्रेश युनियनको नेतृत्व रहेको छ । त्यस्तै जिल्ला समितिमा पनि ओली पक्ष पत्रकारको संख्या १४ जिल्लामै न्युन रहेको बताईएको छ ।