आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

बलिदान र मृत्युको यात्रा स्वीकार्य छैन–बालकृष्ण ढुंगेल


समृद्ध अनलाईन ८ फाल्गुन २०७७, शनिबार १६:०३ मा प्रकाशित ( दिन अघि) २४६४५ पाठक संख्या

ओखलढुंगा, फागुन ८ गते । ओखलढुंगाको कम्युनिष्ट आन्दोलनका हस्तिका रुपमा चिनिएका बालकृष्ण ढुंगेलले ०५२ साल अघि देखि नै तत्कालीन नेकपा माओवादी ओखलढुंगाको नेतृत्व गरे । जव पार्टीले सशस्त्र जनयुद्धसुरु गर्यो तव उनिसहित ओखलढुंगामा तत्कालिन माओवादीका नेताहरु सरकारी निगरानीमा परे ।
सरकारको निगरानीमा परिरहेका उनि लगायत ओखलढुंगाका माओवादी नेताहरु ०५३ मा प्रहरी नियन्त्रणमा परे । ०५५ मा जिल्लाको टारकेरावारीमा भुवनकुमार श्रेष्ठको हत्या पस्चात उनि लगायत पुष्कर गौतम तत्कालिन बिद्यार्थी नेता पर्वत भट्टराई, मनोज भट्टराई लगायत तीन दर्जन सर्वसाधरण प्रहरी शंकाको घेरामा रहे । दुई दर्जन बढीलाई त प्रहरीले नियन्त्रणमालिई शारिरीक तथा मानसिक यातना दियो भने आधा दर्जन बढीलाई सरकारले झुट्टा मुद्धा लगाई जेल सम्म हाल्यो ।
ढुंगेल माओवादी जनयुद्धमा निरन्तर लागि रहे माओवादी जनयुद्धको ओखलढुंगाको पस्चिमी भेगमा प्रभाव परि रहेको थियो कुनबेला कसलाई के हुने हो र कुन पक्षबाट कतिबेला को मारीने हो भनेर सर्व साधरण त्रासमा थिए । यसरी त्रासको जीवन विताईरहेको अवस्थामा ढुंगेल पुनः पक्राउ परे, प्रचण्ड नेतृत्वको जनयुद्धमा लागेर सर्वस्वसहित जन्मकैदको सजाय खेपे ।
ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा कोही मरेमा शहीद नहुने र उनको पछि नलाग्न आग्रह गरेका छन् । ओली पक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी नपाएर सडकमा पुगेका प्रचण्डको आह्वानमा बलिदान गर्नेहरू मृतकमात्र हुने बताएका हुन् । सडकमा बम राखेर बलिदान हुने कुरा गर्ने प्रचण्ड–नेपाल समुहलाई ईंगीत गर्दै उनले अब हामीलाई बम, बलिदान र मृत्युको यात्रा स्वीकार्य नभएको बताउँदै प्रचण्डले नेतृत्वको गरेको जनयुद्धमा बलिदान गरेकाहरुलाई शहीद होइन मृतकमात्र बनाइएको र प्रचण्डलाई योगदानका हैन अनुदानका मान्छे चाहिएकाले उहाँको पछि नलाग्न आव्हन समेत गरे ।

ओखलढुंगाबाट २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित ढुंगेलले कालापानी र लिम्पियाधुरा दावी गरेर सरकारले नक्सा पारित गरेपछि प्रचण्ड–नेपालहरू बिचलित भएर बाहिरिएको दाबी समेत गरे । प्रचण्डले केही दिनअघि आवश्यक परे आफूहरु फेरि बलिदान हुन तयार रहेको भन्दै केपी ओलीविरुद्धको आन्दोलनमा लाग्न आह्वानलाई ढुंगेलले प्रचण्डलाई सम्बोधन गर्दै बलिदानको झुठो आश्वासनमा अब युवा पुस्ता नफस्ने बताए ।