आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

धमाधम अयुर्वेद सेवाकेन्द्र सेवा विस्तार


समृद्ध अनलाईन ९ फाल्गुन २०७७, आईतवार ०९:४२ मा प्रकाशित ( दिन अघि) ११४१४ पाठक संख्या

ओखलढुंगा, फागुन ९ गते । पछिल्लो समय ओखलढुंगामा धमाधम अयुर्वेद सेवाकेन्द्र विस्तार भई रहेका छन् । अयुर्वेद औषधि प्रयोग गर्नेको संख्या बढे संगै सेवा केन्द्र विस्तार भएका हन् ।
ओखलढुंगामा हाल जिल्ला आयुर्वेद केन्द्र सहित ५ वडा सेवा केन्द्र पुराना रहेका र सुनकोशी गाउँपालिकाको वडा नं. ३ मा नयाँ सेवा केन्द्र स्थापना गरिएको छ । सेवा केन्द्र स्थापना संगै आफुहरुले हरेक रोगका औषधिहरु आफ्नै कान्ला करेसामा रहेको थाहा पाएको स्थानीयको भनाई छ । जिल्लमा रहेका ५ सेवाकेन्द्रले सेवा प्रदान गरि रहेको भए पनि सर्वसाधरणमा जडीबुटीप्रति भएको विश्वासलाई मध्यनजर गर्दे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र विस्तार गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाका डाक्टर निरज खतिवडाले बताए ।
जिल्लामा हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित लिखु गाउँपालिकाको पोकली, चिशंखुगढीको शेर्ना र दियाले, मोलुङको हर्कपुर र चम्पादेवीको घोराखोरीमा सेवाकेन्द्र रहेका छन् भने सुनकोशीको सिस्नेरीमा नयाँ स्थापना भएको र छिट्टै मानेभञ्जयाङ र खिजीदेम्वामा पनि स्थापना गर्न लागिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिधकारी उद्धव भट्टराईले बताए । उनका अनुसार कोरोना महामारीको सुरुवाती देखि जिल्लामा आयुर्वेदीक औष्धिको प्रयोग कर्ता बढे संगै माग अत्याधिक रहेको छ ।