आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

पारीजात र रुद्राक्षको विरुवा रोपेर नागरिक आरोग्य केन्द्रको उद्घाटन्


समृद्ध अनलाईन ९ फाल्गुन २०७७, आईतवार १०:२३ मा प्रकाशित ( दिन अघि) ४५४६ पाठक संख्या

ओखलढुंगा, फागुन ९ गते । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पारीजात र रुद्राक्षको विरुवा रोपेर नागरिक आरोग्य केन्द्रको उद्घाटन् भएको छ । सुनकोशी गाउँपालिकाको वडा नं. ३ को सिरुनेरीमा नागरिक आरोग्य केन्द्रको उद्घाटन् भएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी र उपप्रमुख दुर्गा तामाङले पारीजात र रुद्राक्षको विरुवा रोपेर आरोग्य केन्द्रको उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाका प्रमुख डाक्टर निरज खतिवडाले जडीबुटी प्रयोग र महत्वको विषयमा प्रकाश पारेका थिए ।

उनले पछिल्लो समय जिल्लामा आयुर्वेदिक औषधिको प्रयोग बढे संगै आफुहरुलाई पनि हौसला भएको बताएका थए । कार्यक्रममा गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले दुर्गम र विकट स्थानमा सेवाकेन्द्र स्थापना गरि जनताको सेवामा समर्पित भएकोमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगालाई धन्यवाद दिएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा तामाङले अवका दिनहरुमा सुनकोशीका हरेक कान्लाकरेसामा भएका हरेक जडीबुडीको प्रयोगमा आउने बताउँदै कार्यलयमा रहने कर्मचारीहरु जनतामा समर्पितभएर काम गर्न सुझाव दिएकी थिईन ।
सुनकोशी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णुकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाका उद्धब भट्टराईले संचालन गरेका थिए ।