आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताब पेश


समृद्ध अनलाईन ९ फाल्गुन २०७७, आईतवार १६:५४ मा प्रकाशित ( दिन अघि) ६५६६ पाठक संख्या

विराटनगर, फागुन ९ गते । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश भएको छ । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गरेका हुन् ।
प्रतिनिधिसभा विघटन गरेपछि विभाजन भएको नेकपाको प्रचण्ड(नेपाल पक्षले राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । उक्त प्रस्ताव आइतबार प्रदेशसभा बैठकमा पेस भएको हो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै वैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।
अविश्वासको प्रस्ताव भएपछि आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । आजकोबैठकमा सरकारका मन्त्रीहरू र सरकार पक्षीय साँसदहरू सहभागी भएनन् । मन्त्री नभए पनि बैठक अघि बढेको थियो । प्रतिपक्ष दलहरू भने बैठकमा उपस्थित थिए । अहिलेको अवस्थामा सदन चल्न नसक्ने भन्दै नेकपाका प्रमुख सचेतक बुद्दीकुमार राजभण्डारीले सचिवालयमा लिखित पत्र बुझाएका छन् । उक्त पत्रमा सदन ७ दिन स्थगित गर्न माग गरिएको थियो । तर त्यसलाई सभामुखले स्वीकार गरेनन् ।