Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

अर्जुनधारा प्रेस क्लबको दोश्रो साधरणसभा सम्पन्न


समृद्ध अनलाईन ९ फाल्गुन २०७७, आईतवार २०:३३ मा प्रकाशित ( महिना अघि) ५५६५२ पाठक संख्या

अर्जुनधारा, फागुन ९ गते । अर्जुनधारा प्रेस क्लबको दोश्रो साधरणसभा सम्पन्न भएको छ । नगपालिकाको वडा नं. १ मा रहेको हचुमासा सामुदायिक वन क्षेत्रमा रहेको हात्तीआहालमा भएको क्लबको साधरणसभामा क्लबले नगरपालिका क्षेत्रका पत्रकारका लागि आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।


दोस्रो साधारणसभामा क्लवका अध्यक्ष कुमार भट्टराईले अर्जुनधारा प्रेस क्लबको आफ्नै भवन निर्माण गर्ने योजना अघि सारेका थिए । नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा पूर्व सामान्य प्रशासन मन्त्री कुमार बुढाथोकीले फोन मार्फत आफुले क्लवलाई प्रदान गरेको जग्गामा भवन बन्ने कुरा सुन्दा आफु गौरवान्वित भएको र भवन निर्माणका लागि पनि आफुले सहयोग उपलब्ध गराउने बताएका थिए । कर्यक्रममा प्रमुख अतिथि तथा नगरप्रमुख रानामगरले नगर क्षेत्रमा रहेका पत्रकारहरुको साझा मञ्च अर्जुनधारा प्रेस क्लवको भवन बनाउने कुरामा आफुलाई खुसी लागेको र क्लवको भवनका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने आश्वसन दिएका छन् । त्यस्तै गरि विविसिका पत्रकार उमाकान्त खनालले भवन निर्माणपछि आफुसँग भएका पत्रकारलाई आवश्यक सामाग्री उपलब्ध गराउने बताएका थिए ।
साधरण सभालाई शुभकामना दिदै हचुमासा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष युवराज लोहारले क्लवको भवन निर्माणका लागि आवस्यक काठहरु सामुदायिक वनबाट उपलब्ध गाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमलाई शुभकामना दिंदै क्लवका सल्लाहकार दिपिन राई, कृष्ण वराललगायतले पनि आफुहरुले सकेको सहयोग गर्ने बचनबद्धता दिएका छन् । क्लवका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश समदर्शी राईले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव प्रेम आचार्यले गरेका थिए ।