आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

गोरखाको बारपाकमा मृत भेटीए एकै पविारका तीनजना


समृद्ध अनलाईन १० फाल्गुन २०७७, सोमबार १२:१२ मा प्रकाशित ( दिन अघि) ६०६१ पाठक संख्या

अर्जुनधारा, फागुन १० गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक बजारमा एकै परिवारका तीनजना मृत फेला परेका छन् । सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले हेर्दा टिलबहालुर गुरुङको परिवारका सबै सदस्य मृत भेटिएका हुन्‌ ।

​८४ वर्षीय टिलबहादुर गुरुङ, अन्दाजी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत भेटीका हुन् । प्रहरी चौकी बारपाकबाट घटनास्थल पुगेको टोलीको मृतकहरूको मुखमा फिँज देखिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

अहिले जौबारी प्रहरी चौकीबाट थप टोली घटनास्थलतर्फ पठाइएको र टोली त्यहाँ पुगेर अनुसन्धान गरेपछि घटनाबारे थप विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।