Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

ओखलढुंगाको पात्लेमा शेर्पा भाषा उद्घोषण तालिम


समृद्ध अनलाईन १० फाल्गुन २०७७, सोमबार १४:०२ मा प्रकाशित ( महिना अघि) ५८०७६ पाठक संख्या

दावा जाङ्बु शेर्पा/ ओखलढुंगा, फागुन १० गते । शेर्पा संचार समूह नेपाल ओखलढुंगाले ओखलढुंगाको पात्लेमा १२ दिने उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको सदुपयोग होस् भन्ने उद्देश्यकासाथ समुहले तालीमको आयोजना यरेको हो ।
यही फागुन २१ देखि चैत ३ गतेसम्म खिजिदिम्बा गाँउपालिका वाड नंं ९ मा नेपाली तथा आधारभूत शेर्पा भाषामा उद्घोषण तालिम आयोजना गर्न लागिएको संस्थाक उपाध्यक्ष आङ छोटी शेर्पाले जानकारी दिए । उनले शेर्पा समुदायको बहुलियत रहेको खिजीदेम्बा गाउँपालिकामा वडा नंं ९ पात्लेमा शेर्पा तालिमको आयोजना गरिएको बताए । शेर्पाका अनुसार तालिम आयोजना गर्न खिजीदेम्बा गाउँपालिका वडा नं. -३ स्थायी निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहनुहुने काजी शेर्पाले नगद रु ३० हजार सहित प्रयोजकको भुमिका निर्वाह गर्नुको साथै संस्थाले गर्ने अन्य गतिविधिमा समेत शेर्पाको सहयोग रहेको छ।

संचारमाध्यममा आदिवासी जनजातीको भूमिका न्युन हुने गरेको र शेर्पा समुदायको सहभागिता कम भएकोले उनीहरुलाई प्रोत्साहन गर्न प्रत्यक वर्षे तालिम दिदैं आएको संस्थाले जनाएको छ । तालिमको प्रशिक्षक शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पा रहने जनाईएको छ ।