आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

विर्तामोडमा माइन्युट लेखन तालिम


समृद्ध अनलाईन १० फाल्गुन २०७७, सोमबार १६:४७ मा प्रकाशित ( दिन अघि) १९८९८ पाठक संख्या

बिर्तामोड , फागुन १० गते । वीरता लेडी जेसीजको आयोजनामा माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पूजा काफ्ले खरेलले आस्था वाचन , कार्यक्रम संयोजक अर्चना राउतले स्वागत र मेनुका ओलीले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।
कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुष्मा भण्डारी पौडेल, सुरुङ्गा जेसीजकी अध्यक्ष उसायदुका उप्रेती, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेको तालिममा राजवंशी महिला समाज बिर्तामोड, छठ महिला मञ्च, सुन्दर आमा समूहका सदस्यसहित ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।