आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

अर्जुनधारा जेसीजको रक्तदानमा ४५ जनाले गरे रक्तदान


समृद्ध अनलाईन १० फाल्गुन २०७७, सोमबार १८:३८ मा प्रकाशित ( दिन अघि) ७१७२ पाठक संख्या

अर्जुनधारा, फागुन १० गते। अर्जुनधारा जेसीजले सोमबार रक्तदान सम्पन्न गरेको छ । अर्जुनधाराको शनिश्चरेमा रहेको ज्येष्ठ नागरिक चौतारीमा रक्तदान सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त संचार सेवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ महिलासहित ४५ जनाले रक्तदान गरेका थिए । जेसीजका अध्यक्ष जीवन खनालको अध्यक्षता तथा रक्तदान कार्यक्रमका संयोजक भक्त गोदार थापाको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम रहेका थिए ।

अर्जुनधारा जेसीजका पूर्वअध्यक्ष टीआर गौतमले स्वागत गरेको रक्तदान कार्यक्रम जेसीजको निर्धारित कार्यक्रम रहेको महासचिव प्रेमकुमार खड्काले जानकारी दिए ।