आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

शिवरात्रीको अवरसर पारेर अर्जुृनधारा जलेश्वरधाममा विभिन्न कार्यक्रमहरु गरिने


समृद्ध अनलाईन १३ फाल्गुन २०७७, बिहीबार १२:१७ मा प्रकाशित ( महिना अघि) २१२११ पाठक संख्या

अर्जुृनधारा, फागुन १३ गते । अर्जुृनधारा जलेश्वरधामले शिवरात्रीको अवरसर पारेर एक साँझ शिवको माझ भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । बुधबार अर्जुृनधारा जलेश्वरधाममा आयोजित पत्रकार सम्मेलनमा विभिन्न कार्यक्रम गरि शिवरात्री मनाउने जानकारी गराईएको हो ।
फागुन २५ गतेबाट सुरु हुने कार्यक्रममा त्रिदिवशिय यज्ञ, प्रवचन, पुजापाठ, हवन, रुद्रभिसेक, भजन–किर्तन लगायतका कार्यक्रम गरिने भएको छ । कार्यक्रम अनुसार फागुन २५ गते त्रिदिवशिय यज्ञमा हवन गरि उद्घाटन हुने पत्रकार सम्मेलनमा धाम समितीका अध्यक्ष नविन गट्टानीले जानकारी दिए । शिवरात्री कै अवसरमा प्रदेश नं. १ मै पहिलो पटक प्रतियोगितात्मक एकल ताण्डव नृत्यका साथमा एकल भजनगायन प्रतियोगीता आयोजना गरिने र उक्त प्रतियोगिता फागुन २७ गते अर्थात महाशिवरात्रीका दिन साँझ देखि संचालन हुने कार्यक्रम संयोजक देवीभक्त श्रेष्ठले बताए  ।

 

प्रतियोगितामा ताण्डव नृत्यमा प्रथम , दितीय ,तृतीय र सान्त्वनाकालागि क्रमशः रु.५१००० , रु.३१०००,रु.२१०००, रु.५००० को पुरस्कारको राशी रहेको छ भने एकल भजन गायनमा पनि प्रथम , दितीय ,तृतीय र सान्त्वनाकालागि क्रमशःरु ३१००० ,रु.२१००० ,रु ११००० र २००० रहेको बताइएको छ ।

भगवान शिवले गर्नु भएको ताण्डव नृत्य पहिलो नित्य मानिन्छ । यसैकारण भगवान शिवलाई नाट्यश्वर भगवानका रुपामा पनि मान्ने गरिन्छ । भगवान शिवबाट सुरु भएको ताण्डवनृत्य दक्षिण भारतमा हरेक शुभकार्यमा नाच्ने गरिन्छ । साथै यस धामको गुरुयोजना निर्माण सम्पन्न भए पश्चात् अब निर्माण हुने विभिन्न धार्मिक तथा पर्यटकीय तीर्थ स्थलको संरचना विकासको लागि आवश्यक जग्गा अभाव देखिएकाले सिमानामा रहेको जग्गा खरिदकोलागि पहल गरि १९ कठ्ठा बैना गरि भूमिदान महाअभियानको कार्यक्रम संचालन धाम समितिले जनाएको छ ।