-मनोज भट्टराई
हजारौं मरेर गए त के भयो ?
आखिर गणतन्त्र ल्याउनलाई
हामी यातनाको सिकार बन्यौ त के भयो ?
सुनौलो विहानिको सपना बोकेर
हजारौ आमाको काख रितिएर के भयो ?
आँखामा आँशु र मनमा पिडा
कयौ दिदीबहिनिको सिउदो रितियो र के भयो ?
जिन्दगि उजाड भई दियो
आखिर गणतन्त्रको सपनामा १७ हजारले ज्यान गुमाएर के भयो ?
महल र पोजेरोमा पुगेकै छन्,
जनताक नाममा अरवौ भ्रष्टाचार गरेकै छन्
कुर्सिका लागि जनताको रगतमा होलि खेलेकै छन ।