आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश


समृद्ध अनलाईन १४ फाल्गुन २०७७, शुक्रबार १८:४० मा प्रकाशित ( महिना अघि) १३५३५ पाठक संख्या

समृद्ध अनलाईन, फागुन १३ गते । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । उनका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो । सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।