सोलुखुम्वु,फागुन १७ गते । पुर्वान्चलकै पहिलो समुदायिक रेडीयो सोलु एममा आगलागी भएको छ । सोमबार मध्य रातको समयमा आग्लागी हुँदा भवन पुर्ण क्षती भएको छ ।
रेडीयोका सम्पुर्ण उपकरण सहित भवनमा समेत क्षति पुग्दा करिब एक करोड बराबरको क्षति भएको रेडीयोका स्टेसन मेनेजर भोजराज कार्कीले बताए । नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकल, स्थानीयको सहयोगमा विहान ४ वजेि आयगो नियन्त्रणमा र्आएको कार्कीको भनाई छ । एफएमको सम्पुर्ण सामाग्री जलेर नष्ट हुदा ब्यबस्थापनका लागि समय लाग्ने भएकाले रेडीयोको प्रशारण केही दिनका लागि बन्द हुने बताईएको छ ।
आगालागिको कारण नखुलेको प्रहरीले जनाएको छ ।