आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

पर्यटन प्रवर्धनका लागि साँस्कृतिक महोत्सबका साथमा भलिबल खेल


समृद्ध अनलाईन २३ फाल्गुन २०७७, आईतवार ०८:०६ मा प्रकाशित ( महिना अघि) ७७७८ पाठक संख्या

ओखलढुंगा, फागुन २३ गते । ओखलढुंगाको सबै भन्दा उच्च स्थान देम्बाडाँडामा पर्यटन प्रवर्धनका लागि थोलेदेम्बा सांस्कृतिक महोत्सव तथा अन्तर खुला पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ३ हजार ३ सय ५० मिटर उचाईमा रहेको नेपालको एक सय पर्यटकीय गन्तव्य सुचिमा परेको देम्बाडाँडामा नयाँ वर्षको अवसर पारेर महोत्सव तथा भलिबल प्रतियोगिता हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद, खेलकुद पर्यटन प्रबद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ दावा एग्रो टुरिजम प्रा. लि.ले महोत्सव तथा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ । आउँदो चैत २९ गतेबाट भलिब खेलको शुभारम्भ हुने र वैशाख १ गते खेल समापन गरिने आयोजकले जनाएको छ । भलिबल प्रतियोेगितमा नेपालभरबाट सहभागी हुन पाउने तर सबै खेलाडी एउटै स्थानीय तहको हुनुपर्ने नियम राखिएको छ । सो प्रतियोगितामा राष्ट्रिय खेलमा सहभागिता जनाइसकेका र छनोट परेका खेलाडीलाई सहभागी गराउन नपाउने व्यवस्था गरिएको आयोजक आयोजक संस्था दावा एग्रो टुरिजम प्रा लिका अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख नगद, द्वितीय हुने टीमलाई ५० हजार र तृतीय हुने टीमलाई शिल्ड २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै सो टीमलाई शिल्ड, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै सो टीमलाई शिल्ड, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको र सोही अवसरमा वैशाख १ गते सांस्कृतिक महोत्सव आयोजना गरिने बताइएको छ ।