आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

अध्यक्ष कप फुटबलमा दमकलाई २-० ले हराउँदै जलथल सेमी फाइनलमा प्रबेश


समृद्ध अनलाईन २७ फाल्गुन २०७७, बिहीबार १६:४८ मा प्रकाशित ( महिना अघि) १४७४७ पाठक संख्या
केशब चापागाईं/ मदरगाछ,फागुन १३ गते । दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा जलथल एफसीले जित हासिल गरेको छ।दमक फुटबल एकेडेमीको टिमलाई २-० को गोल अन्तरले हराउदै जलथल बिजयी बनेको हो।
प्रतियोगिताको ९ र ३५ मिनेटमा जलथलका तर्फबाट जर्सी नम्बर १३ का सुनिल खड्काले २ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।उनको अग्रतानै निर्णायक बनेको छ।यो संगै जलथल र श्रीनयाँ नाथ गण चारआली बिच सेमीफाइनल खेल हुने पक्का भएको छ।आजका म्यान अफ दी म्याच जलथलका सुनिल खड्का नै भएका छन।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ।यस्तै भोलि समूह “बी” अन्तर्गत झापा एफ सी राजगढ र दमक ब्रदर्स युनाईटेड चन्द्रगढी बिच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।