Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

मेची नाका बन्दको प्रभावः गरिखानेलाई परिवार धन्न धौधौ


समृद्ध अनलाईन २८ फाल्गुन २०७७, शुक्रबार ०८:०९ मा प्रकाशित ( महिना अघि) ३६४६२ पाठक संख्या

सुष्मा तिखत्री
भद्रपुर, फागुन २८ गते । झापाको भद्रपुर नगरपालिका वडा नं. ५ का मोहम्मद वाजुल हरेक निदिन विहान उठ्नासाथ मेची किनरमा पुग्छन् । मेचिपुल छेउमा उनले त्यहाँ सानो छाप्रो समेत बनाएका छन् । त्यहि छाप्रोमा दिनभरी चिया बनाएर बेच्दै गुजरा चलनाई रहेकाछन उनि ।
विगत ३५ वर्ष अघिदेखि चिया बेच्न थालेका वाजुल केही वर्ष देखि उनि निरन्तर मेचीपुल किनारमा चिया बेचि रहेका भेटीन्छन् । चिया बेचेर १० धुर जग्गा जोडी सानो टाडे घर बनाउन सफल भएका उनलाई अहिले परिवार पाल्न धौधौ भई रहेको छ । कोरोना संक्रमणको महामारी फैलिएसंगै सिमानाका बन्द भएपछि उनलाई परिवार धान्न धौधौ परी रहेको हो ।
विगत ३५ वर्ष अगाडी देखि निरन्तर चिया बेच्दै आएका उनि मेची पुल नबनुन्जेल बिँडी उद्योगको गेट छेउमा चिया बेचेर आफुले घरपरिवार धानेको भए पनि पुल निर्माण संगै चिया पसल पुलको छेउमा सारेको बताउने वाजुल कोरोना पछि कमाई नै नभएको बताउँछन् । उनि भन्छन–“चिया बेच्दै गर्दा आफुले दुईवटी छोरीको विबाह गर्न सफल भएको भए पनि अहिले यो कोरानाका कारण दैनिक हातमुख जोनै समेत धौधौ भएको छ ।” कोरोनाका कारण आफुहरु जस्ता मजदुरी गर्दै बाँचेकाहरुलाई समस्या भएको भन्दै उनि–“विहान ५ वजे उठेर चिया, पुरी तरकारी वनायो दिनभरीमा समानको मुल्य कटाएर दुई देखि तीन सय सम्म कामाई हुन्छ तर यसले घर धान्न मुस्कील परेका कारण नाका चाँडै खुले आफुहरुलाई सहज हुने थियो” भन्छन् ।
आफ्नो युवाअवस्था देखि निरन्तर चिया बेच्दै आएका उनलाई विहान बेलुका दुईछाकका लागि दिनभरीको कामाईले पुग्ने गरेको भएपनि नाका बन्द भएदेखि खानलाई नै धौ धौ परेको बताउँछन् ।

सिमानाकामा कतिपयले भारतबाट लुकाई छिपाई समान ओसार पसार गरेर व्यवसाय गर्दे आएका भए पनि मोहम्मद वाजुल जस्ता श्रमजीवीहरुको अवस्था नाजुक बनदै गई रहेको छ । सिमा नाकामा उनि त एउटा प्रतिनिधि पात्र मात्रै हुन् उनि जस्ता सयौं रहेका छन् ।