आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

ग्रामोदय युगकविलाई पछी पार्दै चण्डेश्वरी माविले जित्यो जिल्लाकै ठुलो पुरस्कार राशिको भलिबल


समृद्ध अनलाईन २८ फाल्गुन २०७७, शुक्रबार १७:४२ मा प्रकाशित ( महिना अघि) १४०४० पाठक संख्या

रामेछाप, फागुन २८ गते । रामेछापको लिखु तामाकोशि गाउँपालिका– २ अरुणोदय मावि सैपुमा आयोजना गरिएकोे भलिबल प्रतियोगीता सम्पन्न भएको छ । रामेछाप र ओखलढुंगा जिल्लाका गरि जम्मा १७ टिम सहभागी भएका जिल्लाकै ठूलो पुरस्कार राशि भएको भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा चण्डेश्वरी मावि गोठपानीले ग्रामोदय युगकवि सिद्धिचरण मावि ओखलढुंगालाई पछी पार्दै जित हाँसिल गरेको हो । चण्डेश्वरी मावि गोठपानीले १६ वटा टिमलाई पछि पादै प्रथम हुन सफल भएको थियोे । ओखलढुंगाको ग्रामोदय युगकवि सिद्धिचरण माविक द्धितिय आयोजक अरुणोदय मावि सैपु तृतिय भएका छन् । चौथो पुरस्कारका लागि कालिका मावि मानेभञ्ज्याङ सफल भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगीतमा द्धितिय र तृतिय हुने समुले क्रमस पचास हजार र तीस हजार नगद सहित प्रमाणपत्र प्रप्त गरेका छन् ।
प्रतियोगिता सन्चालन गर्न ५ लाख भन्दा बढि खर्च भएको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि खानि निर्माण सेवाले प्रायोजन गरेको थियो । फागुन २४ गते देखि २७ गते सम्म सन्चालन भएको प्रतियोगिताको फाइनल खेल करिब ५ हजार दर्शकको उपस्थितिमा सम्पन्न भएको विद्यालयका प्र अ सन्तोष पौडेलले जानकारी दिए ।