Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

झापाका अग्रज पत्रकार क्षेत्री मोति र ढुङ्गानालाई केटो पत्रकारिता पुरस्कार


समृद्ध अनलाईन २९ फाल्गुन २०७७, शनिबार १६:२१ मा प्रकाशित ( महिना अघि) १३९३९ पाठक संख्या

अर्जुनधारा, फागुन २९ गते । झापाका अग्रज जेठा पत्रकार गोविन्द चन्द्र क्षेत्री मोतीराम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडमा एक कार्यक्रमको आयाृेजना गरि पत्रकार क्षेत्रीलाई ५१ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले दोसल्ला ओडाएर नगद र प्रशंसापत्रसहित क्षेत्रीलाई पुरस्कृत गरेका थिए । त्र्यतै महासंघ झापाले केटो पत्रकारिता पुरस्कारबाट युवा पत्रकार गीता ढुङ्गानालाई पुरस्कृत गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । ७७ वर्षीय क्षेत्री ५२ वर्षदेखि झापाको पत्रकारितामा निरन्तर क्रियाशील रहेका छन् भने पत्रकार ढुंगाना १० वर्षदेखि पत्रकारितामा सक्रिय रहेकी छन् ।
पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति शिव गाउँले, नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी, पत्रकार महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेल लगायतले बोलेका थिए । यसवर्ष नेपाल पत्रकार महासंघले नयाँ सदस्यता प्राप्त गरेका ३८ जना पत्रकारलाई स्वागत गर्दै दुई वटा पुरस्कार वितरण गरेको हो ।