आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

दमकमा व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षणात्मक सत्सङ्ग


समृद्ध अनलाईन १ चैत्र २०७७, आईतवार २२:१३ मा प्रकाशित ( महिना अघि) ३२३३ पाठक संख्या

झापा/दमक, चैत १ गते । आइतबार दमकमा जरोकिलो महाअभियानको व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षणात्मक सत्सङ्ग सम्पन्न भएको छ । मौलिक जरोकिलो पार्टी दमक नगर समितिको आयोजना जरोकिलो महाअभियानको विशेष जानकारीका रुपमा प्रशिक्षणात्मक सत्सङ्ग सम्पन्न हो ।
झापा जिल्ला अध्यक्ष नारायण रिजालको सभापतित्वमा सम्पन्न सत्सङ्गमा सनातन धर्म महासंघका प्रवक्ता राजन अधिकारी प्रमुख प्रशिक्षक र मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्ष एवम् राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्र प्रसाद ओलीले विशेष प्रशिक्षकको भुमिका निर्भाह गरेका थिए ।
प्रमुख प्रशिक्षकबाट पानसमा दिप प्रज्वलन गर्दै शुरु भएको सत्सङ्गमा मङ्गलपाठ प्रदेश सचिव रोमा देवी निरौला, शिक्षा बिभाग संयोजक तुलसा खरेल र झापा सदस्य बविता अधिकारीद्वारा गरिएको थियो । प्रदेश सचिव राजकुमार दाहाल स्वागत मन्तव्य राखेका थिए । अनेयु संघ केन्द्रीय सचिव शुलभराज बरालद्वारा सञ्चालन गरिएको सत्सङ्गमा शिक्षा बिभाग संयोजक तुलसा खरेल, शिक्षा बिभाग सदस्य उद्धव थापा, अनेयु संघ केन्द्रीय महासचिव सन्तोष दाहाल, जरोकिलो अभियन्ता इन्जिनियर जीवन श्रेष्ठले शुभकामना एवम् धन्यवाद ज्ञापन गरेका थिए ।