Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

चैत २५ गते तय भयो पत्रकार महासङ्घको निर्वाचन


समृद्ध अनलाईन ४ चैत्र २०७७, बुधबार १९:२२ मा प्रकाशित ( महिना अघि) ६४४३९ पाठक संख्या

काठमाण्डौ, चैत ४ गते । नेपाल पत्रकार महासङ्घको निर्वाचनको मिती चैत २५ गते तय भएको छ । महासंघको जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन एकै दिन गर्ने मिती तय भएको हो ।
निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने निर्णय गरेको नृपाल पत्रकार महासंघले जनाएको छ ।