आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

सञ्चारकर्मी तथा गायक जनकको ‘माया हो’ बजारमा


समृद्ध अनलाईन ९ चैत्र २०७७, सोमबार १४:४१ मा प्रकाशित ( महिना अघि) १५२५२ पाठक संख्या

काडमाण्डौं, चैत ९ गते । सञ्चारकर्मी तथा गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको ‘माया हो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। जी टु वान युट्युव च्यानलबाट ‘माया हो’ सार्वजनिक भएको हो ।
गीतको भिडियोमा नायक नाजिर हुसेन र नायिका रियाशा दाहालको अभिनय रहेको छ भने गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ  भने उदयराज पौडेलको एरेन्ज रहेको छ। बिहीबार सार्वजनिक गरिएको गीत दर्शकहरुले निकै मन पराएका छन् । सार्वजनिक गरेको तीन दिनमै गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ ।
‘जुनकिरी’ पहिलो गीतको रूपमा बजारमा ल्याएका ताम्राकारको यो सातौँ गीत हो । यसअघि उनले गाएको ‘काफल खान्या कुइयाँ’ निकै चर्चित बनेको थियो ।

‘माया हो’ बोलको गीत पनि दर्शकहरुले तीन दिनमै धेरै रुचाएको र सकारात्कम प्रतिक्रिया पाएको जनकले बताए। तामा्रकार हाल पत्रकारीता संगै गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन् ।