Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

लकडाउनले सिकाएको कृषि कर्म, अर्जुनधारामा च्याउ देखि ड्रागनफुड सम्म


समृद्ध अनलाईन ९ चैत्र २०७७, सोमबार २०:०८ मा प्रकाशित ( महिना अघि) ३५९५७ पाठक संख्या

अर्जुनधारा, चैत ९ गते । कोरोना महामारीको समयमा कृषि फर्म स्थापना गर्दै कृषि पेशामा लाग्नेहरुको संख्या धेरै रहेको छ । देशका विभिन्न स्थानमा युवाहरु कृषि पेशामा लागे संगै झापाको अर्जुनधारा नगरपालिका–१० पनि शिक्षक प्रध्यापकहरुको समुहले आफ्नो पेशा कृषिमा रुपान्तरण गेका छन् ।
उनिहरुले अर्जुनधारा–१० को श्रीराम चोकमा बहुआयामिक कृषि उद्योग सन्चालनमा ल्याएका छन् । बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका ११ जना बौद्धिक व्यक्तिहरुले उद्योग संचालनमा ल्याएका हुन् ।
नगरपालिकाका कृषि पेशामा लाग्दा कृषि क्षेत्र र उत्पादनमा पनि उल्लेखनिय उपलब्धी हुने सोच बनाएर शिक्षित बर्गहरु नै कृषि उद्यमी बन्दै गएका छन् । प्राध्यापकहरु केशव ढुङ्गाना, जीवन रिजाल, शिक्षकहरु रुकमिणा ढुङगाना, टिका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायनी निरौला, मधुसुधन रिजाल, राधीका कोईराला, मोहनप्रसाद रिजाल त्यसैगरी कृषि पेशमै रहेकी निर्मला नेपाल र चार्टरएकाउण्ट (सिए) प्रगती रिजाल मिलेर झापाको अर्जुनधारा–१०, श्रीराम चोकमा पूर्ण वहुआयमिक कृषि उद्योग प्रा.लि. संचलनमा ल्याए पछि उत्पादन नै सुरु भई सकेको छ ।
प्रध्यापक, कर्मचारी, सिए तथा मझौला ब्यवसायमा संलग्न ब्यक्तिहरु कृषिबाट अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले उद्योगको स्थापना गरेको संचालकहरु बताउँछन् । आफ्नै पविारका ११ जना शेयर सदस्य रहेका र आफुहरुले आफ्नै निजी जमिनमा कृषिमा लागेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो उद्योग संचालनमा ल्याएको संचालक मोहन प्रसाद रिजालले बताए । शिक्षित वर्गका युवाहरु कृषि पेशामा लाग्दा अपहेलित हुनु पर्ने संकोच राख्दै विदेश पलायन भई रहेको अवस्थामा यो समुह उदाहरणिय बनेको छ ।
नेपाल सरकारले लकडाउन घोषण गरेपछि आफ्नो शैक्षि संस्था समेत बन्द भएका कारण लकडाउनलाई बरदानका रुपमा लिएर ब्यवसयिक खेती सुरु गरिएको उद्योग संचालक केशव ढुंगानाले बताए । कोरोना महामारीको समयलाई आफुले उत्पादन मुलक ठाउँमा प्रयोग गरौं भन्ने उद्देश्यले उद्योग संचालनमा ल्याएको उनको भनाई छ । हाल विर्तामोडलाई मुख्य बजारका रुपमा लिएर च्याउबाट खेती सुरु गरिएको बताउँदै आफ्नो उद्योगमा अहिले ड्रगनफुड ४ सय झाङ सहित अन्य तरकारी र गड्यौलाको मलको पनि खेती सुरु गरिएको ढुंगानाले बताए ।
गत ६ महिना अघि जमिन व्यवास्थापन र पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । सुरुवातीको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको छ । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर फाल्नेहरुको संख्या पनि कम छैन, आजभोली धेरैको वहाना लकडाउन र केरोना कहर बन्न छोडेको छैन तर लकडाउनको सदुपयोग गर्नेहरु धेरै उदाहरणिय बन्दै गएका छन् ।