आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

देशभरका शिक्षणसंस्था शुक्रबारसम्म बन्द


समृद्ध अनलाईन १६ चैत्र २०७७, सोमबार १७:०७ मा प्रकाशित ( हफ्ता अघि) ६५६६ पाठक संख्या

अर्जुनधारा, चैत १६ गते । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्री श्रेष्ठले बैठकमा जानकारी दिएकम थिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा।हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो ।
बैठक लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए । बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको छ ।