आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

नारी सञ्चारको साथमा बोजुको जन्मदिन


समृद्ध अनलाईन १६ चैत्र २०७७, सोमबार १९:४५ मा प्रकाशित ( हफ्ता अघि) ६४६५ पाठक संख्या

विर्तामोड, चैत १६ गते । झापामा सकृय सञ्चारकर्मीका रुपमा रहेकी शिला उप्रेती बोजुले नारी सञ्चारस साथमा आफ्नो जन्मदिन मनाएकी छन् । झापाली सञ्चारकर्मी महिलाहरुको छाता संगठन नारी संचारगृहले स्थापना गरेको अक्षयकोषमा सहयोग गरेर उनले जन्मदिन मनाएकी हुन् ।
सञ्चारकर्मी उप्रेती बोजुले आफनो जन्मदिनको अवसरमा संचार गृहलाई प्रहोत्सान स्वरुप रू पाँच हजार सहयोग प्रदान गरेर जन्मदिन मनाएकी हुन । उनले आफनै घरमा मावली हजुर आमा सावित्रा सिटौलाको हातबाट सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलाई सहयोग ५  हजार हस्तान्तरण गरेकी थिईन् ।
कार्यक्रममा संचार गृहकी अध्यक्ष शिवाकोटीले सहयोगदाता उप्रेतीलाई जन्मदिनको शुभकामना साथै सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिईन् । सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाई, नारी संचार गृह झापाकी सचिव भूमिका फियाक सुब्बा, कोषाध्यक्ष ज्योस्ना श्रेष्ठ, निबर्तमान सह सचिव तथा बिर्ता लेडी जेसीस २०२१ कि अध्यक्ष स्वस्तिका आचार्य सिटौला, उपाध्यक्ष दिपा शिवाकोटीका साथमा उप्रेतीका साथी भाई , आफन्तहरुको उपस्थिति रहेको थियो ।