आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

वायु प्रदुषणको रेड जोनमा झापा, घरमै बस्न आग्रह


समृद्ध अनलाईन १७ चैत्र २०७७, मंगलवार ०९:१३ मा प्रकाशित ( हफ्ता अघि) १४६४६ पाठक संख्या

अर्जुनधारा, चैत १७ गते । वायुप्रदुषणका कारण देशभर मौषममा भएको परिवर्तनले जनजीवन प्रभावित भएकोे छ । केही दिनदेखि देशभरको वातावरण अत्याधिक प्रदुषित भई रहेको कारण जनजीवन प्रभावित भएको हो ।
वातावरण विभागका अनुसार झापाको समेत वातावरण अत्याधिक प्रदुषित रहेको छ । यो अवस्थामा झापाको अवस्था सेत सन्तोसजनक नभएको वातावरण विभागका सुचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । झापाको दमक स्टेशनको रिपोट हेर्दा झापा पनि प्रदुर्षणका हिसाबले रेडजोनमा परेको उनको भनाई छ । सामान्य अवस्थामा पिएम २।५ को भ्याल्यु ४० हुनु पर्नेमा पछिल्लो २४ घण्टामा दमकमा १६६ देखाएको छ भने आज बिहान १९२ देखाएकाले झापामा प्रदुर्षण बढ्नेक्रममा रहेको उनले बताए ।
यो अवस्था मानव स्वास्थ्यको लागि हानीकारक हुने भएका कारण घरभित्रै बस्नु उपयुक्त हुने भएका कारण सवैलाई घरमै बस्न समेत आगह गरे । वातावरण अत्याधिक प्रदुषित भए पछि सरकारले आजदेखि ४ दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । तर झापामा अधिकाँश निजी विद्यालयहरुले सरकारी निर्णयको बेवास्ता गरि विद्यालय सुचारु गरि रहेका छन् ।