आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

अर्जुनधारामा दैनिक फोहोर व्यवस्थापन


समृद्ध अनलाईन १७ चैत्र २०७७, मंगलवार १३:१५ मा प्रकाशित ( हफ्ता अघि) १११११ पाठक संख्या

अर्जुनधारा, चैत १७ गते । झापाको अर्जुनधारा नगरपालिकामा दैनिक फोहोर व्यवस्थापन गरिदै आईएको छ । स्थानीय तह पुनःसंरचना पछि नगरपालिकाले दैनिक फोहोर व्यवस्थापन गर्दै आएको हो ।


यतिबेला नगरपालिकाको मूख्य बजार शनिश्चरे स्वच्छ र सफा देखिन्छ । नगरपालिकाको मुख्य वजार मात्र नभएर झापा कै मूख्य व्यापारीक केन्द्र विर्तामोडमा रहेको विर्तामोड वसपार्क समेत यतिबेला स्वच्छ देखिन्छ । केही समय अघि सम्म यी क्षेत्रमा नाक थुनेर हिड्नु पर्ने अवस्था भएपनि पछिल्लो समय स्वच्छ सफा देखिदै आउनका लागि नगरपालिकामा रहेका फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीको ठूलो भुमीका रहेको अर्जुनधारा नगरपालिकाका फोहोर व्यवस्थापनमा खटीरहेका माधव भण्डारीकाले बताए । नेपालका प्रमुख शहरमा फोहोर ब्यवस्थापन मुख्य चुनौती हुने गरेको अवस्थामा अर्जुनधाराले फोहोर व्यवस्थापनमा उदाहरणिय बन्दै गएको उनको भनाई छ ।May be an image of text that says 'CASE'

अन्य शहरहरुमा फोहोर व्यवस्थापन गर्ने स्थानको बारेमा हुने गरेका बिवादका कारण थुप्रै शहरमा फोहोर नउठेर दुर्गन्धित भई हेका छन् । अर्जुनधारामा फोहोर ब्यवस्थापनका लागि बिवाद त के फोहोर व्यवस्थापनका लागि जग्गा नै नगरपालिकालाई उपलब्ध गराएर उदाहरणिय बनेका छन् । वजार क्षेत्रका स्थानीयले सहजै फोहोर फाल्न पाएका छन् । फोहोर ब्यवस्थापनमा नगरपालिकाका कर्मचारी निरन्तर खटिरहेका कारण कुनै स्थानमा नाक थुनेर हिड्नु पर्ने अवस्था नभएको विर्तामोड वसपार्क आसपासका स्थानीयको भनाई छ ।

नगरपालिकाले वजार क्षेत्रहरुमा फोहोर फाल्नका लागि प्लाष्टिकका डसवीन तथा डोकाहरु राखेर फोहोर वाहिर नफाल्नका लागि सर्वसाधरणलाई सूचना गरेको भण्डारील् बताए । उनका अनुसार वजारमा फोहोर उठाउनका लागि हप्ताको ६ दिन कर्मचारीहरु नियमित खटेका छन् । आफुहरुले सर्वसाधरणहरुलाई फोहोर जथाभावी नफाल्नका लागि अनुरोध गर्दै गाडीमा हाल्न समेत अनुरोध गरिएको छ । मुख्य बजार शनिश्चरेमा फोहोर ब्यवस्थापन चुनौती रहेको भएपनि आफुहरु अनवत रुपमा खटेर वजार सफा राख्न लागिपरेको उनले बताए ।May be an image of one or more people, vehicle and road मूख्य बजारका मान्छेहरुले जथाभावी फोहोर फाल्ने गरेका कारण बजार क्षेत्रमा क्यामेरा र डष्टबीन थप गर्याे भने यो नियन्त्रण हुन सक्ने उनको दावि छ । बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई पनि फोहोर ब्यवस्थापनमा उत्कष्ट बनाएको भण्डारीको दावी छ ।

हाल नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि १२ जना कर्मचारी परिचालन गरेको छ । उनीहरुलाई फोहोर ब्यवस्थापनका लागि एउटा ट्रिपर र टयाक्टर उपलब्ध गराएको छ । बिहान सबेरैदेखि फोहोर ब्यवस्थापन टोली आफ्नो काममा मूख्य वजार क्षेत्रमा सक्रिय हुने गरेको भण्डारीको भनाई छ । नगरपालिामा उत्पन्न फोहोरलाई नगरकै वडा नम्बर ५ मा रहेको ल्याण्डफिल साइटमा लगेर ब्यवस्थापन गरिएको छ । स्थानीयले आफ्नो जमिन नगरपालिकालाई फोहोर व्यवस्थापनका लागि २० वर्षका लागि उपल्ब्ध गराएका छन् । सो जग्गामा नगरपालिकाले एउटा बाल उद्यान र फुटबल मैदान बनाउने स्थानीयले माग राखेको भण्डारीले बताए ।
फोहोरबाट मोहोर
केही स्थानीय तहहरुले फोहोरबाट मोहोर बनाउने भन्दै उपकरण राख्ने प्रक्रिया शुरु गरिरहेको अवस्थामा अर्जुनधारा नगरपालिका पनि सकृय बनेको देखिन्छ । अर्जुनधारा नगरपालिकाले बिर्तामोड र कनकाई नगरपालिकासँग सहकार्य गरि कनकाई नगरपालिकामा फोहोरबाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गर्न लागेको हो ।No photo description available.
बैकल्पिक उर्जा उत्पादन गर्नका लागि भौतिक संरचना निर्माणकै चरणमा रहेको यो समयमा उत्कृष्ठ ढंगले फोहोर ब्यवस्थापना गरिरहेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानामगरको भनाई छ । अर्जुनधारामा फोहोरको दुर्गन्ध फैलिएको भनेर कुनै गुनासो नआएको भएपनि केही स्थानमा फोहोर देखिने गरेको र ब्यवस्थापनमा भूमिका खेल्ने कर्मचारीको लगनशिलताल नगरका कुनै स्थानमा फोहोर नदेखिने उनले दावी गरे । कन्काईमा सो सरंचना निर्माण भएपछि नगरमा उत्पादित सड्ने फोहोर त्यस प्लान्टमा लगिने नगरपालिकाले जनाएको छ ।