आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

विद्यालय बन्द गर्न अर्जुनधारा नगरपालिकाको अनुरोध


समृद्ध अनलाईन १७ चैत्र २०७७, मंगलवार १४:२९ मा प्रकाशित ( हफ्ता अघि) ६८६९ पाठक संख्या

अर्जुनधारा, चैत १७ गते । झापाको अर्जुनधारा नगरपालिकाले सरकारको घोषणा  अनुसार विद्यालय बन्द गर्न सबै विद्यालयलाई आग्रह गरेको छ । नगर शिक्षा शाखाले मंगलबार एक सुचना जारी गर्दै सवै बिद्यालय बन्द गर्न आग्रह गरेको हो ।
शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीद्धारा हस्ताक्षरीत सुचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत १६ गतेको विज्ञप्ति अनुसार गर्न गराउन सबै विद्यालयलाई अनुरोध गरिएको छ । विज्ञप्तिमा यस विषम परिस्थतिले बालबालिकाहरुको स्वास्थ्यमा प्रत्यक्ष र गम्भिर असर पुर्याउन सक्ने भएको हुँदा बिदाको अवधिमा बालबालिकाहरुलाई घर भित्रै रहने ब्यवस्थाका लागि अभिभावक तथा बालबालिकाहरुमा आवस्यक परामर्श एवं सहजीकरण गरिदिनुहुन सबै बिद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
सरकारले गत १३ गते देखि वातावणमा आएको परिवर्तन संगै वायु प्रदुषणका कारण विद्यार्थीहरुमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै मंगलबार देखि शुक्रबार सम्म विद्यालय वन्द गर्न आव्हन गरेको थियो ।