आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

दमकमा यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ


समृद्ध अनलाईन १८ चैत्र २०७७, बुधबार ११:०२ मा प्रकाशित ( हफ्ता अघि) १२६२६ पाठक संख्या

अर्जुनधारा, चैत १८ गते । युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बु रहेका छन् ।
लाई पक्राउ परेका हुन् ।
घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार गरेको जिल्ल प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनीहरुले दमक नगरपालिका–६ नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ । उक्त घर नेम्बाङको रहेो प्रहरीको भनाई छ । पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भन्दै बन्धक बनाएर यौन शोषण गराउँदै आएका बताएका प्रहरीले बताएको छ। उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइसकेका छन् । पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको डिएसपी थापाले जानकारी दिए ।