आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

चट्याङमा परी एक महिलाको मृत्यु


समृद्ध अनलाईन १८ चैत्र २०७७, बुधबार १३:४७ मा प्रकाशित ( हफ्ता अघि) ५२५३ पाठक संख्या

ओखलढुङगा, चैत १८ गते । ओखलढु‌गा खिजिदेम्बा–६ भित्तेमा चट्याङलागेर एक जनाको मृत्यु भएको छ । चट्याङमा परेर स्थानीय ५८ बर्षीया पासाङ शेर्पाको मृत्यु भएको हो ।
मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगैको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।