आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला


समृद्ध अनलाईन २० चैत्र २०७७, शुक्रबार ०८:४५ मा प्रकाशित ( हफ्ता अघि) ९२९३ पाठक संख्या

इलाम, चैत २० गते । इलाममा सातेनी आमा बलात्कार गर्ने एक जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत इलामले २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईका अनुसार जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु. ६० हजार क्षतिपूर्ति भराउने फैसला छ । गत भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।