आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

समाजवादी क्रान्ति पुरा गर्न सम्पूर्ण कम्युनिस्टहरु गोलबन्द हुन जरुरीः नेता पुन


समृद्ध अनलाईन २२ चैत्र २०७७, आईतवार ०८:४८ मा प्रकाशित ( हफ्ता अघि) १२२२२ पाठक संख्या

ओखलढुंगा, चैत २१ गते । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले संवैधानिक निकायले स्वतन्त्र रुपले काम नगर्दा राजनितीक अस्थिरता आएको बताएका छन् । ओखलढुंगा सदरमुकाममा पार्टी कार्यालय उद्घाटन गर्दै नेता पुनले संवैधानिक निकायले स्वतन्त्र रुपमा काम नगर्दा देशमा राजनीतिक अस्थिरता देखिएको बताएका हुन् ।
जिल्लामा आयोजित पार्टी कार्याकता प्रशिक्षण कार्यक्रममा बोल्दै कम्युनिस्ट पार्टीहरुबीचमा एकताको सम्भावना कायम रहेको बताउँदै जनवादी क्रान्ति पुरा गरेकोले अब समाजवादी क्रान्ति पुरा गर्न सम्पूर्ण कम्युनिस्टहरु गोलबन्द हुन जरुरी भएको बताए । त्यसका लागि वाम आन्दोलनको एकता र ध्रुवीकरण अनिवार्य रहेको उनको भनाइ थियो ।
देशको पछिल्लो राजनितिक घटना क्रमका विषयमा नेता पुनले सरकारको नेतृत्व गर्न कांग्रेस अघि बढे माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पनि बताए । यतिबेला कानुनी रुपले ओली अहिले बहुमतमा देखिए पनि प्राविधिक र अंक गणितमा आफ्नो पार्टी उहाँसँग नभएको बताउँदै गएको तीन वर्षमा हामी सरकारमै भएकाले फेरी सरकारको नेतृत्व गर्ने कुरा नरहेको प्रष्ट पारे । अब प्रतिपक्षी दल भएको नाताले कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नु पर्ने र हिजो मात्रै कांग्रेसले ओलीको राजीनामा माग गर्ने निर्णय गरिसकेको कारण अव राजनितीक अन्यौलता नरहने बताएका छन् । उनले यदि कांग्रेस सरकारको नेतृत्व अघि बढ्यो भने आफुहरु कानुनी रुपमै ओली सरकारको समर्थन फिर्ता लिने बताए ।
यस्तै, नेता पुनले एमाले नेता माधवकुमार नेपाललाई कारबाही गरिनु अस्वभाविक भएको बताएका छन् । एमालेभित्रको मतभेदको विषयमा आफूहरुले धेरै भनिरहनु नै नपर्ने बताउँदै १५ वर्ष पार्टीको नेतृत्व गरेको र देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई साधारण सदस्यबाट समेत कारबाही गर्ने कुरा पक्कै अस्वभाविक रहेको बताए ।