आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

भूमिहीन सुकुम्बासीले लगाए अर्जुनधाराको वडा नं २ र ३ मा चावी


समृद्ध अनलाईन २४ चैत्र २०७७, मंगलवार १२:२२ मा प्रकाशित ( हफ्ता अघि) ५६४६० पाठक संख्या

अर्जुनधारा, चैत २४ गते। अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ को कार्यालयमा सोमवार स्थानीयले तालावन्दी गरेका छन् । वडाबासीले भूमिहीन सुकुम्बासीसँग चर्को कर लिएको भन्दै तालावन्दी गरेका हुन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जाका लागि फारम भराउने र जग्गाको कर उठाउने काम वडा कार्यालय मार्फत गरिरहेको छ । स्थानीय भूमिहीन सुकुम्बासीसँग प्रति कठ्ठा ५ सयका दरले कर उठाउने क्रममा शुल्क बढि भएको भन्दै स्थानीयले तालावन्दी गरेका स्थानीय खगेन्द्र प्रसाद भट्टराईले बताए । सुकुम्बासीसँग धेरै कर उठाइएकोले सोमबार तालावन्दी गरिएको स्थानीयले बताएका छन् ।
प्रति कठ्ठा ५ सय रुपैयाँ संकलन गर्दा त्यसको विरोध स्वरुप स्थानीयले तालावन्दी गरेको वडा नं. ३ का वडाध्यक्ष जीवन भण्डारीले बताए ।
नगरपालिकाले सर्वदलीय बैठकबाट नै प्रति कठ्ठा ५ सय रुपैयाँ निर्धारण गरेको थियो । सोहि अनुरुप अन्य वडाहरुले राजश्व उठाइसकेको भए पनि वड नं. २ र ३ मा त्यसैको विरोध भएको छ ।
तालावन्दी पछि मंगलबार ११ बजेलाई सर्वदलीय बैठक बोलाइएको छ । सो वडाले करिव १० लाख रुपैयाँ राजश्व उठाइसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।