आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

ओखलढुंगाको मानेभञ्ज्याङ्गमा बोलेरो दुर्घटना, तीनको मृत्यु, एक घाईते


समृद्ध अनलाईन २४ चैत्र २०७७, मंगलवार १५:३३ मा प्रकाशित ( हफ्ता अघि) ८२६१९ पाठक संख्या

ओखलढुुंगा, चैत २४ गते । ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएकोे छ । मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं.४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी तर्फ जादै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि बोलेरोमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको भए पनि डाक्टरले पुष्टि गर्न बाँकी रहेको छ । दुर्घटनामा गाडीका चालक गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गाडीमा सवार मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ केतुके धुसेनीका टुल्कीमाया मगर, विना मगर र डोल कुमारी मगरको अवस्था अचेत रहेको प्रहरीले बताएको छ । बोलेरो चालक सिनपा १० का कमल थापाको अबस्था भने गम्भिर रहेको र घाईतेलाई उद्दार गरि सामुदायीक अस्पताल ओखलढुंगा पठाईएको  छ ।
हाल घटना स्थलमा प्रहरी पुगेको र घाईतेको उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताए । सडकवाट करीब ७ सय मिटर तल झरेको गाडी विहान करीब साढे ९ बजेतिर दुर्घटना भएको भए पनि प्रहरीले १२ वजे खवर पाएको उनको भनाई छ । दुर्घटनास्थल विकट स्थानमा रहेकोले हाल घटनास्थलमा नेपाल प्रहरीको टोली डोरी तथा अन्य उद्धार सामाग्री लिएर उद्धार गरिरहेको बताईएको छ । दुर्घटनाको बारेमा थप विवरण भने आउन बाकी रहेको छ ।