आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

बिर्तामोडमा फेरि अर्को हत्या, मासु व्यवसायी मृत भेटिए


समृद्ध अनलाईन २५ चैत्र २०७७, बुधबार १५:३६ मा प्रकाशित ( हफ्ता अघि) ७४७५ पाठक संख्या

अर्जुनधारा, चैत २५ गते । बिर्तामोडमा मासु व्यवसाय गर्दै आई एक व्यक्ति मृत फेला परेका छन् । गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिन नवित्दै
हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडाका ५० वर्षिय गौतम परियारको लाश फेला परेको हो ।
बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान उनको लाश फेला परेको प्रहरीले जनाएको छ । परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ ।
लाश फेला परेको खबर आफूहरुलाई विहान ८।३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

निरौलाको हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा फेरि अर्को हत्या भएको छ ।