आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

पत्रकार महासंग निर्वाचन, ओखलढुंगामा मतगणना जारी केन्द्र र प्रदेशको मतगणना सम्पन्न


समृद्ध अनलाईन २५ चैत्र २०७७, बुधबार २१:५० मा प्रकाशित ( हफ्ता अघि) २५७५६ पाठक संख्या

 ओखलढुंगामा नेपाल पत्रकार महासंघको तीन तह कै निर्वाचन मतगणना भइ रहेको छ ।
५ वजे मतदान सम्पन्न पछि साँझ छ बजे देखि निरन्तर मत गणना भई रहेको हो ।
जिल्लामा हतल सम्म केन्द्र र प्रदेशको मतगणना सकिएको छ । हाल सम्म ओखलढुंगाको मतगणना अनुसार महासंघको केन्द्रीय अध्यक्ष पदमा निर्मला शर्मा २५, विपुल पोखरेल १८ मत प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा
माधव नेपाल २५ र रमेश विष्टले १८ प्राप्त गरेका छन् भने महिला उपाध्यक्षमा दाना केसी २३ र बाला अधिकारीले २४ मत ल्याएकि छन् । अधिकारी जिल्लाको स्थानीय समेत हुन् ।
मत परिणाम अनुसार महासचिव पदका बालकृष्ण बस्नेतले २८र रोशन पुरीले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै ओखलढुंगामा प्रदेशको पनि मत परिणाम अाइ सकेको छ । पछिल्लो मत परिणाम अनुसार प्रदेश १ मा पनि मोहन काजी न्यौपानेको समूह अग्र स्थानमा रहेको छ ।
मत परिणाम अनुसार प्रदेश तर्फ ओखलढुङ्गाको मतगणना सकिएको छ । जस अनुसार
अध्यक्षका उम्मेदवार मोहनकाजी न्यौपानेले २८ र लिलाबल्लभ घिमिरेले १७ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा रोहित कुमार राय ३१ र लवदेव ढुङ्गानाको १५ रहेको छ ।
प्रदेश १ मा महिला उपाध्यक्ष का उम्मेदवार कोकिला ढकालको २८ र हिमा कुमारी चेम्जोङको १९ मत रहेको छ ।
महासचिव फिपराज बेगाले २८ र विवेक गौतम १९ मत ल्याएका छन् । हाल जिल्लाको मत गणना जारी रहेको छ ।