Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

बुटटाबारी युनाइटेड र सैनिक युथ बीचको सेमीफाईन खेलमा बुटटाबारी युनाइटेड बिजयी


समृद्ध अनलाईन ३० चैत्र २०७७, सोमबार २२:४४ मा प्रकाशित ( महिना अघि) २४३४२ पाठक संख्या

अर्जुनधारा, चैत ३० गते । झापाको बिर्तामोड ६ बुट्टाबारीमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबले सैनिक युथ क्लबलाई ५-० गोलले हराएको छ । खेल शुरु भएको १७ , २६ र ६४ औ मिनेटमा युनाइटेड क्लबका जर्सी नं १७ बबिन बोहोराले तीन गोल लगाउन सफल भएका थिए ।

खेलको ७४ औ मिनेटमा जर्सी नं १० बिजय राईले चौथो गोल गर्न सफल भएका थिए भने  खेलको ७६ औ मिनेटमा युनाइटेड कै जर्सी न १३ जमिन लक्सम पाचौ तथा अन्तिम गोल गरेका थिए । सैनिक युथले एक गोल पनि फर्काउन नसक्दा युनाइटेडको ५ र सैनिकको ० गोल भएको थियो । झापा जिल्ला खेलकुद संघका अध्यक्ष भगीरथ आलेको प्रमुख आतिथ्य रहेको  खेलमा म्यानअफ दि म्याच बबिन बोहेरा घोषित भएका छन् । मगलबारको सेमीफाइनल खेल जलथल फुटबल क्लब भर्सेस बिर्तामोड युनाइटेड क्लब बीच हुनेछ ।
नाईन साईटमा खेलाईएको सो प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउनेछन् । प्रतियोगिताको फाईनल खेल आउदो बैशाख २ गते हुनेछ ।