Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

जलथल फुटबल क्लबलाई पराजित गर्दै बिर्तामोड युनाईटेड क्लब फाइनलमा प्रवेश


समृद्ध अनलाईन ३१ चैत्र २०७७, मंगलवार १७:५८ मा प्रकाशित ( महिना अघि) १२७२७ पाठक संख्या

विर्तामोड, चैत ३१ गते । झापाको बिर्तामोड–६ बुट्टाबारीमा भएको खेलमा जलथल फुटबल क्लबलाई पराजित गर्दै बिर्तामोड युनाईटेड क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनल खेलमा बिर्तामोड युनाईटेड क्लबले जलथल फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेल शुरु भएको ७ औ मिनेटमा युनाइटेड क्लबका जर्सी नं ११ सुर्य टुडुले जलथल बिरुद्ध पहिलो गोल गरेका थिए भने १८ औ मिनेटमा युनाइटेडकै जर्सी नं १० बिक्रम तामाङले दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ३८ औ मिनेटमा जलथलका जर्सी नं १० बिजु खवासले युनाइटेडलाई एक गोल फर्काउन सफल भए पनि जित दिलाउन भने सकेन । अन्तत युनाइटेडका लागि बिक्रमले गरेको गोल नै अन्तिम र निर्णायक गोल बन्न पुग्यो ।
जलथललाई २–१ले पराजित गर्दै बिर्तामोड युनाइटेड फाईनलमा प्रवेश गरेको हो । मंगलबारको खेलमा म्यान अफ दी म्याच युनाइटेडका बिक्रम तामाङ भएका छन् । फाइनल खेल बैशाख २ गते आयोजक बुट्टाबारी युनाइटेड क्लब भर्सेस बिर्तामोड युनाइटेड क्लब बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउने छन् ।